शुक्रबार, जेठ ३, २०८२

मलेसियाविरुद्ध नेपालले लियाे तेस्रो विकेट

नेपालखोज २०८० कार्तिक १४ गते १४:२२

काठमाडौं । काठमाडौंमा जाारी टी–२० विश्वकप छनोट खेलमा नेपाल र मलेसियाबीच खेल भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको मलेसियाविरुद्ध नेपालले तेस्रो विकेट लिएको हो । 

११ ओभरको पहिलो बलमा मलेसियाका विरनदीप सिंहलाई आउट गराउँदै सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । 

यसअघि अबिनाश बोहराले पाँचौं ओभरमा नेपालका लागि पहिलो विकेट लिएका थिए । ओपनर जुबैदी जुलकिफलाई बोहराले कुशल मल्लबाट क्याच आउट गराए ।

मलेसियाले ७ ओभरमा दोस्रो विकेट गुमायो ।  सातौँ ओभरको छैटौँ बलमा दोस्रो रन लिने क्रममा कप्तान अहमद फैज रनआउट भए । सन्दीप जोराको शानदार फिल्डिङबीच विकेटकिपर आसिफ शेखले रनआउट गरेका थिए ।

प्रतिक्रिया