भारतीय सयपत्री मालाको आयात बन्द
नेपालखोज
२०८० कार्तिक १५ गते १४:५६

काठमाडौं । सरकारले भारतीय सत्रपत्री मालाको आयात अनुमति पत्रको सिफारिस रोकेको छ । यससँगै तिहारमा भारतीय सयपत्री मालाको आयात नहुने भएको हो ।
बागमती प्रदेश सरकार, पुष्प विकास केन्द्र गोदावरीले एक सूचना प्रकाशित गर्दै यस वर्ष स्वदेशी उत्पादनले तिहारका लागि माग धान्न सक्ने देखिएका कारण भारतीय सयपत्री मालाको आयात अनुमति पत्रको सिफारिस गर्ने काम १ कात्तिकबाटै रोक लगाइएको जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया