ओमानले दियो नेपाललाई १ सय ४६ रनको लक्ष्य
नेपालखोज
२०८० कार्तिक १६ गते १०:५८

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा ओमानले घरेलु टोली नेपालसामू १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४५ रनको योगफलत तयार पारेको थियो ।
सम्बन्धित
प्रतिक्रिया