मंगलबार, वैशाख १६, २०८२

आईसीसी एक दिवसीय विश्वकप क्रिकेट : भारतको लगातार आठौं जित

नेपालखोज २०८० कार्तिक २० गते ५:३८

काठमाडाैं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा भारतले लगातार आठौं जित दर्ता गरेको छ ।  कोलकातामा हिजाे भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई २४३ रनको ठूलो अन्तरले पराजित गर्दै ८ खेलमा लगातार आठौं जित दर्ता गरेको हो । पहिले खेल्दै भारतले निर्धारित ५० ओभरमा ३२६/५ रनको बलियो स्कोर बनाएको थियो, जसको जवाफमा दक्षिण अफ्रिकी टोली २७.१ ओभरमा ८३ रन मात्रै समेट्याे । भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि भारतको सुरुवात निकै विस्फोटक गरेको थियो ।

जवाफमा दक्षिण अफ्रिकाको सुरुआत निकै खराब रह्यो  । दोस्रो ओभरमा ६ रनको स्कोरमा क्विन्टन डी कक (५) आउट भए र त्यसपछि विकेटको क्रम रोकिएन । नवौं ओभरमा २२ रनको स्कोरमा टेम्बा बाभुमा (११) र १० औं ओभरमा ३५ रनको स्कोरमा एडेन मार्कराम (९) आउट भएका थिए । १३औं ओभरमा ४० रनको स्कोरमा हेनरिक क्लासेन (१) र रस्सी भान डेर डुसेन (१३) पनि १४औँ ओभरमा ४० रनको स्कोरमा पभेलियन फर्किएका थिए ।

१५ ओभरमा ५० रनको अंक पूरा भयो तर त्यसपछि १७ औं ओभरमा ५९ रनमा डेभिड मिलर (११) र १९ औं ओभरमा केशव महाराज (७) ६७ रनको स्कोरमा छाडे । २६औं ओभरमा ७९ रनमा मार्को यान्सेन (१४) र कागिसो रबाडा (६) पनि २७ औं ओभरमा ७९ रनको स्कोरमा आउट भएका थिए । अन्ततः २८औं ओभरमा लुङ्गी एनगिडी ८३ रनको स्कोरमा खाता नखोल्दै आउट भए र विश्वकपमा पहिलो पटक खेलेको दक्षिण अफ्रिकी टोली १०० रनमा अलआउट भयो।

भारतका लागि रविन्द्र जडेजाले ५ विकेटका अलावा मोहम्मद शामी र कुलदीप यादवले २–२ तथा मोहम्मद सिराजले एक विकेट लिए । विश्वकप २०२३ मा भारतीय टोलीको अन्तिम लिग खेल नोभेम्बर १२ मा बैंगलोरमा नेदरल्याण्डसँग हुनेछ भने दक्षिण अफ्रिकाले आफ्नो अन्तिम लिग खेलमा अफगानिस्तानसँग नोभेम्बर १० मा अहमदाबादमा खेल्नेछ ।

प्रतिक्रिया