आइतबार, जेठ ६, २०८१

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पूर्व घोषित पुरस्कार प्रदान 

नेपालखोज २०८० कार्तिक २१ गते २१:२२

दुई अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मंगलबार पूर्व घोषित नगद पुरस्कार प्रदान गरिएको छ ।

आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत गत फागुन २५ देखि चैत २ गतेसम्म नेपाल, युएइ र पपुवान्युगिनीबीच काठमाडौंमा भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी चारै खेलमा जित निकाल्दै एकदिवसीय मान्यता जोगाएको राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरुलाई  जनही २ लाख  र मुख्य प्रशिक्षक म्रुगाङ जगदीश (मोन्टी) देसाइलाई १ लाख ५० हजार तथा सहायक प्रशिक्षक बसन्त शाही, टिम व्यवस्थापक शम्भुप्रसाद शर्मा र फिजियो विक्रम न्यौपानेलाई समान १–१ लाख नगद पुरस्कार प्रदान गरिको छ ।

त्यस्तै गत बैशाख ५ देखि १८ गतेसम्म भएको नेपालसहित १० राष्ट्र सम्मिलित एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि जित्नुका साथै एसिया कपका लागि छनोट भएको टोलीका प्रत्येक खेलाडीलाई जनही ५ लाखबाट पुरस्कृत गरिएको छ । 

टी-२० विश्वकप छनोट हुन सफल खेलाडीलाई जनही १३-१३ लाख रुपैयाँ पुरस्कारका लागि मंगलबार नै सिफारिस गरिएको थियो।

प्रतिक्रिया