सकिमिला (समिमना) पून्ही

कार्तिक शुक्ल पूर्णिमा कछलाथ्वको दिन विशेष रुपले सकिमिला पून्हीका रुपमा नेवा: समुदायले मनाउने गर्दछन् । साथै यस चख: (परिवार मात्रै बसेर मनाउने) को दिन मन्दिरहरुको अगाडि बिभिन्न किसिमका भुटेका गेडागुडीबाट बिभिन्न आकृती बनाउने गर्दछन् जसलाई हलिमलि भन्ने गर्दछन् ।
यो दिनलाई स्वयम्भू चैत्यको प्रतिस्थापन भएको रुपमा पनि मनाउने गरिन्छ । किसानहरुले घरमा भित्राइने अन्नहरु तथा कन्दमुलहरुलाई भगवानलाई सुम्पने गरिन्छ । भुटेको मकै, भटमास, चना आदी गेडागुडीले बिभिन्न आकृती बनाएर सजाइन्छ । यस्तै उसिनेको शक्खरखण्ड तथा पिँडालु खाने गरिन्छ ।
आखिर किन यसरी आकृती बनाईन्छ भन्नेमा बिभिन्न किंवदन्ती सुन्न पाउँछौ । जस मध्ये प्रचलित किंवदन्तीमा स्वर्गका राजा फूल टिप्न पृथ्वीलोकमा आईपुग्दा फूल चोरेको भन्दै मालीले बाँधेर राख्दा ईन्द्रलाई खानेकुराको रुपमा यहि हलिमलि (गेडागुडी) दिएको हुँदा आजको रात चन्द्रमा साक्षी राखेर ईन्द्रलाई हलिमलि खुवाउन राखिएको भनिन्छ ।
आखिर किंवदन्ती जे जस्तो भए पनि तथ्यहरुलाई केलाउँदा कृषिलाई सर्वोपरी मान्ने हाम्रो संस्कृतिमा यस मौसममा भित्रिने गेडागुडीलाई भुटेर सबैभन्दा पहिले देवतालाई चढाउने परम्परा स्विकार्न सकिन्छ ।
दाफा खलः तथा भजन खलःहरुले जनै पूर्णिमाबाट शुरु गरेको भजनहरु पनि आजको दिनबाट समापन हुने गर्दछ ।
आजकै दिन पिँडालु उसिनेर खाने गरिन्छ । पिँडालु अर्थात सकि उसिनेर खाने भएको हुँदा सकिमना पुन्ही पनि भन्ने गरिन्छ ।
यसै अवसरमा उपत्यकाका बिभिन्न स्थानमा विभिन्न समयमा बनाइएका हलिमलिको सामाजिक सञ्जालमा भेटिएका तस्विरहरुलाई यहाँ राख्ने कोशिस गरेको छु । यि तस्विरहरु बिभिन्न ब्यक्तिले खिचेका हुन् ।
प्रतिक्रिया