सोमबार, असार १६, २०८२

राष्ट्र उज्यालो बनाउने अभियानमा प्रधानमन्त्री

नेपालखोज २०८० पुष ७ गते १७:४०

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दोस्रो प्रधानमन्त्रीत्वकालमा काठमाडौं उपत्यकामा विद्युत्भार कटौती अन्त्य भएको भन्दै तेस्रो कार्यकालमा समग्र राष्ट्रलाई नै उज्यालो बनाउने अभियानमा आफू जुटेको बताएका छन् ।

माओवादी केन्द्रको बुढानीलकण्ठ नगर सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले नेकपा माओवादी सरकारको नेतृत्वमा रहँदा सधै जनपक्षीय काम गर्ने गरेको र त्यसैको निरन्तरतास्वरुप अहिले मुलुकलाई पूर्णरुपमा उज्यालो बनाउने अभियानमा आफू लागेकोे बताए ।

प्रतिक्रिया