शुक्रबार, जेठ ३, २०८२

क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

नेपालखोज २०८० पुष १३ गते १९:१२

काठमाडौं । जबरजस्ती करणीको मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् ।  जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको हाे ।

उनीमाथि करण ठहर भएको छ । गौशाला २६ (छ) बालिक ठहरिन् । सजाय तोक्नका लागि आगामी पुस २५ गतेलाई पेसी तोकिएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशला २६’ नगरकोट गई होटेल काठमाडौं इनको एउटै कोठामा बसेको विषयमा कुनै विवाद नभएको ठहर गरेको छ ।

न्यायाधीश ढकालको इजलासमै पुस २५ गते हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।

प्रतिक्रिया