राष्ट्रपति पौडेलबाट एक अध्यादेश जारी

नेपालखोज २०८० माघ ४ गते १८:४७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गरेका छन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा पौडेलले आज उक्त अध्यायदेश जारी गरेको शीतल निवासले जनाएको छ ।

मन्त्रिपरिषद्‍को बुधबार बसेको बैठकले सो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया