चीनले प्रमुख राजनीतिक बैठकमा भीपीएनको प्रयोग नियन्त्रणबारे बहस

बेइजिङ । चीनले यसै साता एक शीर्ष राजनीतिक बैठकमा इन्टरनेट प्रयोगकर्ताहरूलाई प्रतिबन्धित वेबसाइटहरूमा पहुँच प्रदान गर्ने सफ्टवेयरलाई नियन्त्रण (ब्लक) गर्ने प्रयासलाई तीव्रता दिएको सफ्टवेयरको अग्रणी प्रदायक फायरवाल–लिपिङले एएफपीसँग बताएको छ ।
इन्टरनेटमा विश्वका अन्य मुलुकको तुलनामा बेइजिङले बढी नै नियन्त्रण (सेन्सरशिप) गर्ने गर्छ । चीनको मुख्यभूमि वेब प्रयोगकर्ताहरूले ‘भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)’ प्रयोग नगरी गुगलदेखि समाचार वेबसाइटहरूमा सबै प्रकारका पहुँच प्राप्त गर्न असमर्थ छन् ।
भीपीएन प्रयोग र इन्टरनेट नियन्त्रण बिषयले यस हप्ता वार्षिकरूपमा आयोजना हुने ‘दुई सम्मेलन’ मा हजारौं राजनीतिक प्रतिनिधिहरूको ध्यान केन्द्रित भएको हो । बेइजिङमा भएका ती सम्मेलनका समय भीपीएन सफ्टवेयरले नियन्त्रणका लागि सङ्घर्ष गरिरहे पनि नियन्त्रण प्रयासले सार्थकता पाउन नसकेको देखिन्छ ।
‘अहिले चीनमा राजनीतिक भेटघाटका कारण सेन्सरसिप बढेको छ’, लिस्टेनस्टाइनबाट सञ्चालित भीपीएन सेवा एस्ट्रिलका एक प्रतिनिधिले एएफपीसँग भने, दुर्भाग्यवश, सबै भीपीएन प्रोटोकलहरू यस समयमा काम गरिरहेका छैनन् ।’
प्रतिक्रिया