सोमबार, वैशाख १७, २०८१

मुम्बईबाट काङ्ग्रेसको ‘जनन्याय पदयात्रा’ को औपचारिक समापन

नेपालखोज २०८० चैत ४ गते १५:१०

मुम्बई । विपक्षी दल भारतीय राष्ट्रिय काङ्ग्रेसले राजनीतिक जागरणका लागि आयोजना गरेको ‘जनन्याय पदयात्रा’ आइतबार मुम्बईको मणि भवन सङ्ग्रहालयबाट सुरू भई क्रान्ति मैदानमा पुगी समापन भएको छ । यससँगै अभियानको यो चरणको सबै कार्यक्रम सकिएको छ ।

आइतबार आयोजित पदयात्रामा केन्द्रीय नेता राहुल गान्धी, पार्टीका महासचिव प्रियङ्का गान्धी वाड्रा र अभिनेत्री स्वरा भास्करले सहभागिता जनाएका छन् ।

पदयात्रालाई गान्धी स्मारक स्तम्भमा पुगेर पुष्पहार अर्पण गरी नेता राहुल गान्धीले यो चरणको जनन्याय यात्राको औपचारिक समापन गरेका हुन्न । पदयात्रापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अभिनेत्री स्वरा भास्करले राहुल गान्धीले सञ्चालन गरेको भारत जोडो यात्राको दुई चरणको प्रशंसा गरेका थिए ।

उक्त अवसरमा नागरिकता संशोधन ऐन (सीएए) का बिषयमा केन्द्र सरकारको आलोचना गर्दै चुनावी घेराबाट बाहिर आएको वास्तविकता लुकाउन सत्ताधारी गठबन्धनले सीएएको अधिसूचना र नियमहरू जारी गरेको उनले बताए । सत्ताधारी गठबन्धनले १० वर्षदेखि जनतालाई मूर्ख बनाउन यो रणनीति प्रयोग गर्दै आएको उनले दावी गरे ।

काङ्ग्रेस महासचिव वाड्राले जनतालाई राष्ट्रको वास्तविक अवस्था जानकारी गराउन ‘भारत जोडो न्याय यात्रा’को आयोजना गरिएको बताए । उनले छ हजार ७०० किलोमिटर यात्रा गर्दै अभियान शनिबार मुम्बईमा पुगेको बताए ।

देशको वास्तविकता बुझ्नुको महत्वलाई जोड दिँदै नेता वाड्राले भने, ‘राष्ट्रको बारेमा सत्य बुझ्नु महत्वपूर्ण रहेको र न्याययात्राले यो काम गरेको आफ्नो बुझाइ रहेको बताए ।’

प्रतिक्रिया