अर्को महामारीका लागि तयारी गर्न आव्हान

कोएलिशन फर एपिडेमिक प्रेपरेडनेस इनोवेशन (CEPI) तथा विश्व स्वास्थ्य संगठन (WHO)ले अन्वेषक एवं सरकारहरूलाई अर्को महामारीको लागि तयारी गर्न र मजबुत रणनीतिको विकास गर्न विश्वव्यापी आह्वान गरेको छ।
डब्ल्यूएचओले आफ्नो प्रतिवेदनमा मानिसहरूलाई संक्रमित गर्ने रोगजनकहरूको सम्पूर्ण परिवारलाई समावेश गर्न अनुसन्धान विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ। प्रतिवेदनमा भनिएको छ – महामारीको जोखिम जस्तोसुकै होस्, प्रत्येक रोगजनकमाथि ध्यान पुर्याउनु पर्दछ। यो दृष्टिकोण सम्पूर्ण रोग फैलाउने परिवारहरूको जानकारीका लागि मार्गदर्शक हुन सक्छ।
रियो दि जेनेरियो, ब्राजिलमा आयोजित ग्लोबल एपिडेमिक तयारी शिखर सम्मेलन ( २०२४)मा विश्व स्वास्थ्य संगठनले महामारीमा अनुसन्धान र विकास सम्बन्धि एउटा प्रतिवेदन जारी गरेको छ जसमा अनुसन्धानकर्ता तथा देशहरूलाई एक व्यापक दृष्टिकोण बिकसित गर्न आग्रह गरिएको छ । यस्तो दृष्टिकोणको उद्देश्य व्यापक रूपमा लागू हुने जानकारी र उपकरणहरू उत्पादन गर्नु हो जसलाइ उदीयमान खतराहरू विरुद्ध प्रयोग गर्न सकिन्छ।
यो रणनीतिले रोगजनकहरूले मानिसहरूलाई कसरी सङ्क्रमण गर्छ र प्रतिरक्षा प्रणालीले उनीहरूलाई कसरी प्रतिक्रिया दिन्छ भनेर राम्रोसँग बुझ्न निगरानी र अनुसन्धानलाई गति दिने लक्ष्य राखेको छ। प्रतिवेदनमा भनिएको छ प्रोटोटाइपिकल रोगजनकहरूको अनुसन्धान गरेर, हामी हाल उपलब्ध नभएका रोगजनक परिवारहरूका बारेमा ज्ञान र बुझाइ प्राप्त गर्न अनि आफ्नो क्षेत्र विस्तार गर्न सक्छौं।
विशेष गरी उच्च जैवविविधता भएका स्रोतसाधन दुर्लभ ठाउँहरू, जसको अझै पनि अनुगमन गरिएको छैन वा थोरै अध्ययन गरिएको छ। यी स्थानहरूले नयाँ रोगजनकहरूलाई आश्रय दिन सक्छन्, तर यसको खोजका लागि व्यापक अनुसन्धान सञ्चालन गर्न पूर्वाधार र स्रोतहरूको अभाव छ।
रियो दि जेनेरियो, ब्राजिलमा भएको ग्लोबल पाण्डेमिक प्रिपेडनेस समिट २०२४ मा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार यो नया कार्यले सम्पूर्ण रोगजनक परिवारहरूको अनुसन्धानलाई अगाडि बढाउन र समन्वय गर्न मद्दत गर्नेछ ।
यो प्रतिवेदनको तयारिमा ५० भन्दा बढी देशका २०० भन्दा बढी वैज्ञानिक संलग्न थिए जसले १६५२ रोगजनकहरू समावेश गरी २८ भाइरस र ब्याक्टेरियाको मूल्याङ्कन गरेका थिए। यसमा संक्रमणको ढाँचा, फैलने प्रक्रिया , निदान परीक्षण तथा खोप र उपचारको उपलब्धतामा उपलब्ध जानकारीलाई विचार गरेर जोखिमहरूको पहिचान गरिएको थियो।
‘इतिहासले हामीलाई सिकाउँछ कि अर्को महामारी कहिले आउँछ भन्ने प्रश्न होइन। यसले हामीलाई यसको प्रभाव कम गर्न विज्ञान र राजनीतिक संकल्पको महत्त्व पनि सिकाउँछ,’ डब्लुएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले भनेका छन् ।हामीले अर्को महामारीको सामना गर्ने तयारी गर्दा विज्ञान र राजनीतिक संकल्पको संयोजन चाहिन्छ, गेब्रेयसस भन्छन् ‘हामी वरपरका धेरै रोगजनकहरूका बारेमा ज्ञान बढाउनु अहिलेको विश्वब्यापी आवश्यकता हो जसका लागि हरेक देशका वैज्ञानिकहरूको सहभागिता आवश्यक छ।’
प्रतिक्रिया