राष्ट्रियसभा : विपद्को पूर्वतयारीमा जोड दिन माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदले प्राकृतिक विपद्को पूर्वतयारीमा जोड दिनुपर्ने जोड दिएका छन् । सांसद तुलप्रसाद विश्वकर्माले सोलुखुम्बुमा गत शुक्रबार बाढीले क्षति गरेको उल्लेख गर्दै भने, ‘यस्ता घटना यसअघि पनि भएका छन् । सरकारको पूर्वतयारी र सर्तकता पुगेको छैन । जे जति दुर्घटना घट्छन् त्यसमा सरकारको तुरुन्तै सम्बोधन आवश्यक छ ।’
सांसद वामदेव गौतमले पूर्वतयारीमा राजनीतिक पार्टीका नेताको ध्यान नपुगेको बताए । सांसद विष्णुबहादुर विश्वकर्माले बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले बाढीपहिरोपीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरे । सांसद विष्णुदेवी पुडासैनीले पछिल्लो पटक माओवादीबाट भएको विद्रोहका कारण पीडित हुनपुगेका नेपाली नागरिकलाई न्याय प्रदान गर्ने, शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउन आवश्यक रहेकोमा जोड दिइन् ।
सांसद डा वेदुराम भुषालले महालेखाको ६१औँ प्रतिवेदनले बेरुजुलाई गम्भीरताका साथ लिनुपर्ने बताए । सांसद पूजा चौधरीले दिनप्रतिदिन सडक दुर्र्घटना बढ्दै गएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए । सांसद उर्मिला अर्यालले निर्मला पन्तलगायतका घटनाका दोषी हालसम्म पनि पत्ता लाग्न नसकेको उल्लेख गर्र्दै यसमा सरकार संवेनदनशील हुनुपर्ने बताए ।

प्रतिक्रिया