पाकिस्तानमा एमफक्स

पाकिस्तान । पाकिस्तानमा एमफक्स पाकिस्तानको खैबर-पख्तुनख्वामा एमपीक्स भाइरसका तीन नयाँ बिरामी फेला परेका छन् । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले संयुक्त अरब इमिरेट्सबाट आएका बिरामीमा यो भाइरल संक्रमण भेटिएको जनाएको छ ।
यो संक्रमणको नयाँ संस्करण देखा परेपछि विश्व स्वास्थ्य संगठनले मन्कीपक्स वा एमपोक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । एमफक्स ( MPox ) नामक यो संक्रमणका केसहरू पाकिस्तानमा यसअघि पनि देखिएका हुन्। यद्यपी यी बिरामीहरूमा कुन भेरियन्ट सकृय छ भन्ने कुरा अहिलेसम्म जानकारिमा आएको छैन। खैबर-पख्तुनख्वाको स्वास्थ्य सेवा महानिर्देशक सलीम खानले दुई जना बिरामीमा MPox पुष्टि भएको र तेस्रो बिरामीको नमूना इस्लामाबादको राष्ट्रिय स्वास्थ्य संस्थानमा पठाइएको बताएका छन । उनको रिपोर्ट आएपछि मात्रै संक्रमण पुष्टि हुन्छ, तबसम्म यी तीन बिरामीलाई क्वारेन्टाइनमा राखिएको छ ।
अगस्ट १५ मा, ग्लोबल हेल्थ अधिकारीहरूले स्वीडेनमा Mpox भाइरसको नयाँ स्ट्रेन फेला परेको बताएका थिए । एमफक्स भाइरसको उत्पत्ति अफ्रिकाबाट भएको हो र त्यसपछि यो भाइरस विश्वभर फैलियो। प्रजातान्त्रिक गणतन्त्र कंगोमा एमफक्सका केसहरू रिपोर्ट भएपछि, अगस्त १४ मा विश्व स्वास्थ्य संगठनले यो रोगलाई अन्तर्राष्ट्रिय चिन्ताको विषय घोषणा गर्यो। जनवरी २०२३ मा कंगोमा एमफक्सका २७,००० केस रिपोर्ट गरिएको थियो । त्यसमा अधिकांश बालबालिकासहित ११ सयभन्दा बढी मानिस मारिएका थिए। मध्य र पश्चिमी अफ्रिका बाहेक अन्यत्र एमफक्सका केसहरू दुर्लभ छन् र धेरै जसो केस यात्रा वा जनावरहरू आयात गरेपछि फेला पर्छन् ।
एमफक्सको भाइरल संक्रमण सामान्यतया २१ दिन पछि मात्र देखिन्छ। यसका लक्षणहरूमा ज्वरो, चिसो र शरीर दुखाइ समावेश छन । गम्भीर अवस्थामा अनुहार, हात, छाती तथा गुप्तांगमा घाउ हुन सक्छ । २०२२ मा भारतमा पनि यसका धेरै केस फेला परेका थिए । एमफक्सका धेरैजसो संक्रमितहरू दुईदेखि चार हप्तामा ठिक हुन्छन् । यदि कसैको पार्टनरमा एमफक्स भाइरस छ भने, शारीरिक सम्पर्क, छुने वा चुम्बन नगरेर जोखिम कम गर्न सकिन्छ ।
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार यसबाट जोगिने सबैभन्दा राम्रो उपाय सङ्क्रमणबाट प्रभावित व्यक्तिसँग कमभन्दा कम सम्पर्क राख्नु हो । यसका अतिरिक्त संक्रमित व्यक्तिको भाँडाकुँडा, ओछ्यान , तौलियालगायतका सर – सामानहरु छुनु हुँदैन । साथै, बारम्बार हात धुने र खोपको विकल्पका बारेमा डाक्टरसँग कुरा गर्नु उपयुक्त हुन्छ ।
प्रतिक्रिया