शुक्रबार, असार २०, २०८२

मेयर बालेन भन्छन्- सडक अतिक्रमण रोक्न महानगर प्रहरीले गरेका कामको अन्तराष्ट्रिय क्षेत्रबाटै प्रशंसा

नेपालखोज २०८१ भदौ १४ गते १७:५९

काठमाडाैं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सडक अतिक्रमण रोक्न महानगर प्रहरीले गरेका कामको अन्तराष्ट्रिय क्षेत्रबाटै प्रशंसा भएको बताएका छन् ।

३२औं महानगर प्रहरी दिवसका अवसरमा काठमाडौं महानगरले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शाहले सडक अतिक्रमणलाई रोक्दै फुटपाथ व्यवस्थापनमा महानगर प्रहरीले गरेको कामको बिभिन्न देशका नगरले प्रसंसा गरेको बताए ।

दक्षिण एसियामा नै निकै समस्याको रुपमा रहेका सडक व्यवस्थापनको कामलाई व्यवस्थित गर्न निकै समस्या र चुनौति दखापरेको उनले बताए ।

स्वास्थ्य क्षेत्रको नियमनदेखि दैनिक उपभोग्य बस्तुको कालाबजारी रोक्न महानगर प्रहरीले गरेका कामको उहाले प्रसंसा गरे । कार्यक्रममा उत्कृष्ठ कार्यसम्पादन गर्ने नगरप्रहरीलाई बढुवा तथा सम्मान गरिएको थियो ।

प्रतिक्रिया