शनिबार, वैशाख १३, २०८२

४३ अंकले बढ्दा पाँच अर्ब ६६ करोडको शेयर कारोबार

नेपालखोज २०८१ असोज ३० गते १५:५८

काठमाडौं । नेप्सेको उकालो यात्रा आज पनि कायम रहेको छ । अघिल्लो दिन ३१ दशमलव ४८ अंकले बढेको नेप्से आज बुधबार पुन ४३ दशमलव २२ अंकले बढेर २७ सय ४२ दशमलव ८८ अंकमा पुगेको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ६८ अंकले बढेर चार सय ९३ दशमलव ९८ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय २० वटा कम्पनीहरुको ६५ हजार आठ सय ४५ पटकको कारोबारमा एक करोड ३२ लाख २४ हजार तीन सय २२ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ६६ करोड दुई लाख ३७ हजार सात सय ३७ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये वाणिज्य बैंक समुहको सुचक ३१ दशमलव १७ अंकले बढेर १६ सय एक दशमलव ८१ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ९८ दशमलव ९३ अंकले बढेर पाँच हजार चार सय ४५ दशमलव ५६ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि २९ दशमलव २४ अंकले बढेर ३४ सय १९ दशमलव ५८ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ६९ दशमलव ३८ अंकले बढेर ३३ सय १४ दशमलव ७१ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ३७ दशमलव ६२ अंकले बढेर १३ हजार चार सय तीन दशमलव ९६ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचकपनि एक सय ८० दशमलव शुन्य तीन अंकले बढेर १३ हजार एक सय ९६ दशमलव ४२ अंकमा पुगेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन् । नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बिजय लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अपर स्याङगे हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल फाईनान्स पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया