राधिका आप्टेका चलचित्र

काठमाडाैं । राधिका आप्टे बलिउडकी उत्कृष्ट नायिका हुन् । उनले साउथदेखि हिन्दी फिल्मसम्म धेरै स्टारहरुसँग काम गरिसकेकी छिन् । राधिकाले सन् २००५ मा शाहिद कपूरसँग फिल्म ‘वाह लाइफ हो तो ऐसी’ बाट डेब्यु गरेकी थिइन् । त्यसपछि उनले रोमान्टिक , एक्शन लगायत धेरै विधाका फिल्ममा काम गरेकि छिन् ।
राधिकाको अभिनय दर्शकहरुले पनि निकै मन पराएका छन् । उनले चलचित्रहरुमा आफ्नो चरित्र यसरी निर्वाह गरेकी छिन् कि मानिसहरु उनको प्रशंसा नगरी रहन सक्दैनन् । यहाँ हामी अभिनेत्री आप्टेका ती फिल्महरूका बारेमा उल्लेख गर्दैछौं, जुन ओटीटी प्लेट्फर्ममा सजिलै उपलब्ध छन् । यी केही फिल्ममा राधिकाको बोल्ड स्टाइल पनि हेर्न पाइन्छ ।
लस्ट स्टोरीज
सन् २०१८ मा रिलिज भएको ‘लस्ट स्टोरी’ मा राधिका आप्टेसँगै कियारा आडवाणी, भूमि पेडनेकर, विक्की कौशललगायतका धेरै स्टारहरू देखिएका थिए। यो फिल्ममा राधिकाको बोल्ड स्टाइल हेर्न पाइन्छ । जोया अख्तर, अनुराग कश्यप, करण जोहर र दिबाकर बनर्जीद्वारा निर्देशित यो फिल्म ओटीटी प्लेटफर्म नेटफ्लिक्समा हेर्न सकिन्छ।
फोबिया
सन् २०१६ मा रिलिज भएको फिल्म ‘फोबिया’मा राधिका मुख्य भूमिकामा देखिएकी थिइन् । यो चलचित्र पनि उनको बोल्ड चलचित्र मानिन्छ । मानिसहरूले यो थ्रिलर मिस्ट्री फिल्म मन पराएका छन् जुन ओटीटी प्लेटफर्म जी फाइभमा हेर्न सकिन्छ।
हन्टर
गुलशन देवैया र राधिका आप्टे अभिनित यो चलचित्र सन् २०१५ मा प्रदर्शनमा आएको थियो । यो एउटा एडल्ट कमेडी फिल्म हो जसलाई हर्षवर्धन कुलकर्णीले निर्देशन गरेका छन् । ‘हन्टर’ मा अभिनेत्री राधिकाले तृप्ती गोखलेको भूमिका निर्वाह गरेकी थिइन् जसलाई मानिसहरुले निकै रुचाए । यो चलचित्र सदस्यता लिएर प्राइम भिडियो वा जियो सिनेमामा हेर्न सकिन्छ।
पार्च्ड
राधिका आप्टे र सुरवीन चावलाको यो फिल्म २०१६ मा रिलिज भएको थियो, जसलाई मानिसहरुले निकै रुचाएका थिए । यो चलचित्रमा पनि राधिकाको बोल्ड स्टाइल हेर्न पाइन्छ । यो चलचित्र प्राइम भिडियोमा सजिलै उपलब्ध हुन्छ ।
द वेडिङ गेस्ट
सन् २०१९ मा रिलिज भएको थ्रिलर एक्शन फिल्म ‘द वेडिङ गेस्ट’ मा देव पटेल राधिका आप्टेसँग देखिएका थिए। यो चलचित्रमा पनि राधिकाको बोल्ड अवतार हेर्न पाइयो जसलाई मानिसहरुले निकै रुचाएका छन् । ‘द वेडिङ गेस्ट’ ओटीटी प्लेटफर्म नेटफ्लिक्समा हेर्न सकिन्छ ।
प्रतिक्रिया