डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घट्याे
नेपालखोज
२०८१ कार्तिक १५ गते २०:३४

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज (बिहीबार) साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।
निगम सञ्चालक समितिको आजको निर्णय बमोजिम डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाइएको हाे । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
भाउ घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १४७.५, सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १४९ र काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा १५० रुपैयाँ छ । पेट्रोल, एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने हेरफेर भएको छैन ।
सम्बन्धित
प्रतिक्रिया