शनिबार, असार १४, २०८२

इजरायलले गर्याे युएनआरडब्लुएसँगको सम्बन्ध तोड्ने घोषणा

नेपालखोज २०८१ कार्तिक १९ गते १६:३९

जेरुसेलम । इजरायलले प्यालेस्टिनी शरणार्थीको लागि सहयोग गर्ने गाजास्थित राष्ट्रसङ्घीय निकाय(युएनआरडब्लुए )सँग सम्बन्ध तोड्ने निर्णय औपचारिक रूपमा संयुक्त राष्ट्र सङ्घसमक्ष सोमबार पेश गरेको छ ।

इजरायली विदेश मन्त्री इजरायल काट्जको निर्देशनमा, विदेश मन्त्रालयले इजरायल र यूएनआरडब्लुए बीचको सम्झौता रद्द भएको संयुक्त राष्ट्रलाई सूचित गरेको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।

विदेश मन्त्री काट्जले युएनआरडब्लुएका कर्मचारीहरूले गत अक्टोबरको नरसंहारमा भाग लिएको दावी गर्दै उनीहरूलाई हमासका कार्यकर्ता तथा गाजा पट्टीको समस्याको हिस्साको रुपमा व्याख्या गरेका छन् । यद्दपी कुनै प्रमाण भने पेस गएिको छैन ।

इजरायली संसदले गत महिना इजरायल र पूर्वी जेरुसेलममा युएनआरडब्लुएलाई प्रतिवन्धित गर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो। उक्त कार्यको इजरायलकोे सहयोगी अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायद्वारा निन्दा भएको थियो ।

प्यालेस्टिनी क्षेत्रहरूमा शरणार्थीलाई सात दशकभन्दा बढी समयदेखि आवश्यक सहायता प्रदान गर्ने राष्ट्रसङ्घीय एजेन्सीको प्रतिबन्ध कार्यान्वयन गरियो भने गाजामा थप मानवीय सङ्कट थपिने विज्ञहरूले जनाएका छन् ।

यद्यपि, काट्जले उक्त तर्कलाई अस्वीकार गर्दै यूएनआरडब्लुएले गाजामा सहयोगको केहि अंश मात्र पुर्‍याइरहेको बताए । इजरायल अन्तर्राष्ट्रिय कानूनप्रति प्रतिबद्ध रहेको जिकिर गर्दै काट्जले इजरायली नागरिकको सुरक्षालाई असर नगर्ने गरी गाजा पट्टीमा मानवीय सहायतालाई सहज बनाउने बताएका छन् ।

युएनआरडब्लुए र अन्य मानवीय संस्थाहरूले इजरायली अधिकारीलाई गाजामा सहायता प्रवाह प्रतिबन्धित गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीको कार्यालयबाट जारी एक विज्ञप्तिमा मृतकका परिवारलाई दुई लाख भारतीय रूपैयाँ र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग स्वरुप दिने जनाएको छ ।

प्रतिक्रिया