शनिबार, वैशाख १३, २०८२

वर्ष २०२४ का अन्तिम ६ बलिउड चलचित्र

नेपालखोज २०८१ कार्तिक २९ गते १६:००

काठमाडौं । वर्ष २०२४ अब केही दिन मै समाप्त हुनेछ । वर्षको यी अन्तिम दिनहरुमा कुन-कुन चलचित्र रिलिज हुँदैछन् जानकारि लिउँ । सन् २०२४ मा बलिउडदेखि दक्षिणसम्मका धेरै चलचित्र रिलिज भएका छन् र मानिसहरूलाई प्रसस्त मनोरञ्जन दिएका छन् ।

अब वर्षको नोभेम्बर र डिसेम्बरको बाँकी समयका लागि ६ वटा ठूला बलिउड र साउथ इन्डियन चलचित्र रिलिज हुने क्रममा छन । यी चलचित्रलाई दर्शकहरुले पनि उत्सुकतापूर्वक पर्खिरहेका छन् । यी चलचित्र नोभेम्बर १४ देखि रिलिज हुन थाल्नेछन् र डिसेम्बर २५ मा यसको बिश्राम हुनेछ । यद्यपि वर्षका यी अन्तिम दिनहरू पूर्ण रूपमा रमाइलो हुने पक्का छ ।
खहिले पनि हलहरुमा नोमेम्बर १ मा रिलिज भएका चलचित्र ‘सिङ्घम अगेन’ र ‘भूल भुलैया ३’ कै बचस्व छ ।

सूर्या र बबी देओल स्टारर ‘कंगुवा’ आज कार्तिक २९ गते बिहिवार ( नोमेम्बर १४ ) रिलिज हुँदैछ । यो फिल्ममा दिशा पटानीले पनि काम गरेकि छिन् । फिल्म ‘कंगुवा’ मा दर्शकहरूले बबी देओललाई फेरि एकपटक खलनायकको भूमिकामा देख्नेछन् ।

विक्रान्त मेसी, रिद्धि डोगरा र राशि खन्नाको फिल्म ‘द साबरमती रिपोर्ट’ को हालै रिलिज भएको ट्रेलरले धेरैको ध्यानाकर्षण गराएको छ । यो चलचित्र भोलि कार्तिक ३० गते शुक्रवार (नोमेम्बर १५ ) रिलिज हुनेछ ।

निर्देशक अनुराग बसुको फिल्म ‘मेट्रो इन दिनों’ को प्रतिक्षा लामो समयदेखि गरिदै आएको छ । आदित्य रोय कपुर तथा सारा अली खान द्वारा अभिनित यो चलचित्र अन्ततः मङसिर १४ गते शुक्रबार (नोमेम्बर २९ ) रिलिज हुने भएको छ ।

सन् २०२४ को बहुप्रतिक्षित फिल्म ‘पुष्पा – २’ मङ्सिर २० गते बिहिवार ( डिसेम्बर ५ ) रिलिज हुने भएको छ । यो चलचित्र ट्रेलर मंसिर २ गते आइतबार ( नोमेम्बर १७ ) रिलिज हुनेछ । अल्लु अर्जुनको यो फिल्मक‍ो निर्देशन सुकुमारले गरेका छन् ।

विक्की कौशलको फिल्म ‘छावा’ पनि दर्शकले उत्सुकतापूर्वक पर्खिरहेको फिल्म हो । मङ्सिर २१ गते शुक्रवार ( डिसेम्बर ६ ) रिलिज हुने यो फिल्ममा विक्की कौशलले छत्रपति संभाजी महाराजको भूमिका निर्वाह गरेका छन् ।

वरुण धवन फेरि एक पटक एक्शन भुमिकामा देखिदैछन् । वरुण धवनको फरक शैलीको फिल्म ‘बेबी जोन’ पुस १० गते बुधबार (डिसेम्बर २५) सिनेमा घरहरुमा लाग्ने तय भएको छ ।

प्रतिक्रिया