आफ्नै फिल्ममा भिड्नेहरु

काठमाडौं । भारतीय फिल्म उद्योगमा वर्षेनी सयौं फिल्म बन्छन् । तीमध्ये केहीले मात्र दर्शकको मनमा स्थान बनाउँछन् । एकै समयमा प्रदर्सनमा आउने एउटै यस्ता अधिकांश चलचित्रले थिएटरमा राम्रो प्रदर्शन गरेका छैनन्। यसैगरि भारतीय सिनेमाको इतिहासमा एकै दिन कुनै स्टारका दुई वटा फिल्म रिलिज भएको पनि धेरै पटक देखिएको छ । जसका दुई चलचित्र एकसाथ हलमा आए तिनका एउटा चलचित्र त हिट साबित भएको छ दुबै चलचित्र सफल भएको घटना बिरलै छ ।
तापसी पन्नु
तापसी पन्नु बलिउडकी उत्कृष्ट अभिनेत्री हुन् । उनले आफ्नो अभिनयले करोडौंको मनमा छुट्टै स्थान बनाएका छिन् । सन् २०१७ मा तापसीका दुई फिल्म एकै दिन रिलिज भएका थिए । उनको फिल्म द गाजी अट्याक बक्स अफिसमा राम्रो व्यापार गर्न सफल भयो, जबकि उनको दोस्रो फिल्म रनिंङ शादी कहिले हलमा लाग्यो र कहिले उत्रियो कसैले थाहा पाएनन् ।
सञ्जय दत्त
सञ्जय दत्तको नाम पनि बलिउडका उत्कृष्ट कलाकारमा पर्छ । उनले एक्सनदेखि कमेडी भूमिका सहजै निभाएका छन् । सञ्जयको फिल्म ब्लू तथा अल द बेस्ट एकै दिन रिलिज भएका थिए । बिग बजेटको फिल्म ब्लुले बक्स अफिसमा सोचे अनुसारको कलेक्सन गर्न सकेन भने उनको कमेडी फिल्म ‘अल द बेस्ट’लाई चाहिँ मानिसहरुले मन पराए । यो फिल्मको कलेक्शन पनि राम्रो थियो ।
सुनिल शेट्टी
सुनिल शेट्टी बलिउडका चर्चित स्टार मध्येका एक हुन् । उनले ९० को दशकदेखि अहिलेसम्म धेरै सुपरहिट फिल्म दिएका छन् । सन् २००६ मा उनका दुई चलचित्र एकै दिन प्रदर्शनमा आएका थिए । एकै दिन प्रदर्शनमा आएको उनको फिल्म ‘फिर हेरा फेरी’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो भने प्रियदर्शनको चुप चुपकेले औसत व्यापार मात्र गर्न सकेको ।
अमिताभ बच्चन
यो लिस्टमा अमिताभ बच्चनको नाम पनि छ । उनले लामो समयदेखि दर्शकलाई मनोरञ्जन दिइरहेका छन् । बिग बीका दुई फिल्म पनि पर्दामा भिडिएका छन् । एकै दिन प्रदर्शनमा आएको उनको फिल्म खाकी सेमी हिट साबित भयो भने एतबारलाई दर्शकले अस्वीकार गरेका थिए ।
प्रतिक्रिया