यी सेलिब्रेटीले कमै उमेरमा मृत्यु अँगाले

काठमाडौं । बलिउडका चर्चित कला निर्देशक नितिन देसाईले आत्महत्या गरे उनले बलिउडमा आत्महत्या गर्ने कलाकारको संख्या थप बढाए छ । नितिन अघि थुप्रै बलिउडकर्मिले सानै उमेरमा आफ्नो इहलिला समाप्त पारेका छन् र उनी यो सुचिका एक्ला नाम होइनन् । हेरौं बलउडमा आत्महत्या गर्ने कलाकारहरु को-को हुन ?
‘क्युँकी सास भी कभी बहू थी’ मा देखिएका समीर शर्माले पनि झुण्डिएर आत्महत्या गरेका थिए । ‘केसरी’ र ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ मा देखिएका अभिनेता सन्दीप नाहरले पनि झुण्डिएरै आत्महत्या गरेका हुन् ।
बालिका वधु फेम प्रत्युषा बनर्जीले पनि आत्महत्या गरेकि थिइन् । ब्ल्याक फ्राइडे तथा जब वी मेट जस्ता धेरै फिल्ममा देखिएका आसिफ बसराले पनि आत्महत्या गरेको बताइएको छ ।
जिया खानले पनि आत्महत्या नै गरेकि हुन् । कुशल पञ्जाबीको मृत्युको कारण पनि आत्महत्या भएको खुलेको छ ।
टेलिभिजन अभिनेत्री सेजल शर्माले पनि आत्महत्या गरेकि थिइन् ।
प्रतिक्रिया