सबैभन्दा डरलाग्दा हरर फिल्म !
द एक्सोरसिस्ट
सन् १९७३ मा रिलिज भएको हलिउड फिल्म द एक्सोरसिस्टलाई विश्वको सबैभन्दा डरलाग्दो फिल्म मानिन्छ । यो फिल्ममा हलिउड स्टारकी छोरीमा भूत आत्माको छाँया देखाइएको छ।
हेरिडेटरी
सन् २०१८ मा रिलिज भएको यो फिल्म विश्वको अर्को सबैभन्दा डरलाग्दो फिल्म हो । यो चलचित्र पारिवारिक ड्रामामा आधारित छ । यसलाई एरी एस्टरले लेखेन तथा निर्देशन गरेका हुन् ।
द शाइनिङ
१९८० मा प्रदर्सनमा आएको यो फिल्म एउटा त्यस्तो व्यक्तिमा आधारित छ जसले एक्लै बस्दा आफ्नो मानसिक सन्तुलन गुमाउँछ र आफ्नो परिवारसँग विचित्रको व्यबहार देखाउँछ ।
टेक्सास चैनसा मास्कर
सन् १९७४ मा रिलिज भएको यो फिल्म लाई टोब हुपरले निर्देशन गरेका हुन् । यो पनि एउटा फेमेली ड्रामा फिल्म हो । यसमा एउटा डरलाग्दो व्यक्ति छ जसले मानिसहरुलाई मार्ने काम गर्छ ।
द रिङ
२००२ मा रिलीज भएको यो फिल्म निर्देशक गोर भरभिनस्की द्वारा निर्देशित फिल्म हो जुन अलौकिक शक्तिको कथामा आधारित छ।
स्माइल
सन् २०२२ मा प्रदर्शनमा आएको यो चलचित्र पनि निकै डरलाग्दो मानिन्छ । यो पार्कर फिन द्वारा लिखित तथा निर्देशित चलचित्र हो ।
प्रतिक्रिया