बिहीबार, असार १२, २०८२

जापानमा यो वर्ष सामान्यभन्दा १.९७ डिग्री सेल्सियस तापक्रम बढी

नेपालखोज २०८१ मंसिर १८ गते १८:२१

टोकियो । जापान मौसम एजेन्सीले १२६ वर्ष पहिले रेकर्ड सुरु गरेदेखि सबैभन्दा तातो शरद ऋतु यो वर्षको भएको जनाएको छ ।

जापानीे मौसम विज्ञान एजेन्सीले सोमबार आफ्नो वेबसाइटमा जापानमा यो वर्ष सामान्य भन्दा १.९७ डिग्री सेल्सियस तापक्रम बढी रहेको तथा यो सन् १८९८ पछिको सबैभन्दा धेरै तापक्रम रहेको उल्लेख गरेको छ ।

सेप्टेम्बर र नोभेम्बरको बीचमा, टोकियोमा सामान्य भन्दा २.४ डिग्री सेल्सियस, मध्य शहर नागोयामा २.९ र उत्तरी साप्पोरो सहरमा १.२ डिग्री बढी तापक्रम थियो ।

जापानले यस वर्ष चरम गर्मीको रेकर्ड गरेको छ जुन वैज्ञानिकहरूले जलवायु परिवर्तनको कारणले भएको बताएका छन् । रासस/एएफपी

प्रतिक्रिया