प्रधानमन्त्री ओलीसँग बंगलादेशका राजदूतको बिदाइ भेट

नेपालखोज २०८१ पुष ५ गते १३:५६

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधुरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिदाइ भेट गरेका छन् ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग राजदूत चौधुरीले बिदाइ भेट गरेका हुन् । भेटमा प्रधानमन्त्री ओलीले आपसी सम्बन्धमा योगदान दिएकामा राजदूत चौधुरीलाई धन्यवाद दिए ।

ओलीले बंगलादेश अन्तरिम राजनीतिक अवस्थाबाट छिटो स्थायित्वमा जाने विश्वास गर्याे भने राजदुत चौधरीले नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनबाट बंगलादेशले शिक्षा लिँदै आएको अवगत गराए ।

भेटमा दुई पक्षीय हितका विविध विषय तथा सहयोग आदान-प्रदानबारे छलफल भएको थियो ।

प्रतिक्रिया