चन्द्रागिरिका मेयर गिरी र जापानी कार्यवाहक राजदूत ताकाहिरोबीच भेटवार्ता

काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरो सहित दूतावासका उच्च पदस्थ पदाधिकारीबीच भेटवार्ता भएकाे छ ।
मंगलबार चन्द्रागिरिका मेयर गिरी र जापानी कार्यवाहक राजदूत ताकाहिरोबीच भेटवार्ता हाे । भेटमा उनीहरु बीच आपसी हित र द्विपक्षीय चासोका विषयमा कुराकानी भएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख गिरीले नगरपालिकाबाट भए ÷गरेका कामका बारेमा राजदूतलाई सङ्क्षिप्त जानकारी गराएका थिए । उनले नगरपालिकाबाट भैराखेको फोहरमैला व्यवस्थापन, खानेपानी , रोजगारी सिर्जना, सूचना प्रविधिको उपयोग, भगिनी सम्बन्ध लगायतका विषयमा जापान सरकारबाट हुनसक्ने सहयोगका विषयमा पनि राजदूतलाई अवगत गराएका थिए ।
अवसरमा कार्यवाहक राजदूत ताकाहिरोले नगरप्रमुख गिरी सहित जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासीद्वारा नागढुङ्गा सुरुङमार्ग निर्माणका क्रममा भएको समन्वयकारी भूमिकाको लागि धन्यवाद दिए । उनले नगरपालिकाका अन्य क्षेत्रमा पनि हुनसक्ने साथ र सहयोगको लागि जापान सरकार तयार रहेको जानकारी दिए ।

प्रतिक्रिया