सिटौलाकाे दावी- प्रधानमन्त्री ओली भए पनि नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको छ

नेपालखोज २०८१ पुष १६ गते १३:५२

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरे पनि नीतिगत नेतृत्व भने कांग्रेसले गरिरहेको दावी गरेकाे छन् ।

मंगलबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रममा नेता सिटौलाले जनताको आर्थिक प्रगति अहिलेको आवश्यकता रहेको बताए ।

‘प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ। तथापि हामी गर्वका साथ भन्छौँ, नीतिगत नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ,’ नेता सिटौलाले भने ।

उनले नेपालको अस्तित्वको रक्षाका लागि, नेपाली जनताको आर्थिक समृद्धि र प्रगतिको लागि नेपाली कांग्रेसले सबै राजनीतिक दललाई एकाकार गरेर राष्ट्रिय मेलमिलाप निर्माण गरी अघि बढ्ने बताए ।

प्रतिक्रिया