नेपाली महिला उद्यमीद्वारा थाई चेम्बरका प्रतिनिधिसँग भेट, द्विपक्षीय लगानी अभिवृद्धिका बारेमा छलफल  

नेपालखोज २०८१ माघ ८ गते ११:२५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको महिला उद्यमी विकास समितिको प्रतिनिधिमण्डलले थाइल्यान्डस्थित थाई चेम्बर अफ कमर्सका प्रतिनिधसँग बैंककमा व्यावसायिक भेटवार्ता गरेको छ । 

प्रतिनिधिमण्डलले थाई चेम्बर अफ कमर्सका उच्च पदाधिकारी तथा त्यहाँका उद्योगी व्यवसायीहरुसँग द्विपक्षीय लगानी अभिवृद्धिका बारेमा छलफल गरेको थियो । याे टोलीमा महासंघका उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ, केन्द्रीय सदस्य नरेश लाल श्रेष्ठ, किशोर आचार्य, केन्द्रीय सदस्य तथा महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठ र व्यापार तथा निकासि प्रवर्द्धन विकास समितिका सदस्य नीराजन चलाउने लगायत सहभागी रहेका छन् । 

थाई चेम्बर अफ कर्मको निमन्त्रणामा बैकक पुगेको प्रतिनिधिमण्डलले द्विपक्षीय भेटका अवसरमा नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै थाई उद्योगी व्यवसायीलाई नेपालमा लगानीका लागि आग्रह गरेको थियो ।

यस्तै नेपाली प्रतिनिधिमण्डलले नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय मेला महोत्सवमा भाग लिन तथा अन्य सहकार्यका क्षेत्र पहिचान गरी नेपाल कमा लगानी गर्न पनि थाई व्यवसायीलाई आग्रह गरेको थियो ।  

नेपाली व्यवसायीलाई स्वागत गर्दै थाई चेम्बरका बोर्ड अफ ट्रेड बन्जर चोल्भीजानले नेपाली महिला उद्यमीको क्षमता अभिवृद्धि तथा अन्य सहकार्यका लागि थाई चेम्बर सकारात्मक रहेको बताएका छन् । याे अवसरमा थाइल्यान्डस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन प्रकाश भण्डारीको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया