‘मुलुक लोकतान्त्रिक शासन प्रणालीबाट सञ्चालित हुनुपर्छ’

नेपालखोज २०८१ माघ १६ गते २१:११

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुक लोकतान्त्रिक शासन प्रणालीबाट सञ्चालित गर्न सकेमात्र सहिदको आत्मालाई शान्ति मिल्ने बताएका छन् ।

सहिद दिवसका अवसरमा पार्टीद्वारा आज आयोजित श्रद्धाञ्जलीसभामा उनले मुलुकमा प्रजातान्त्रिक पद्दति विकास गर्न सहिदले गरेको त्याग नयाँपुस्ताका लागि प्रेरणादायी भएको बताए । उनले जनतालाई सुखी तथा समृद्ध बनाउन सकेमा मात्र सहिदको सपना पूरा हुने बताए ।

जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको जरुरी भएको बताउँदै अध्यक्ष थापाले त्यसको लागि विचार मिल्नेहरु सबै एकै ठाउँमा आउनुपर्नेमा जोड दिए ।

श्रद्धान्जली सभामा तत्कालीन राप्रपा नेपालको निर्माणमा महत्त्वपूर्ण योगदान दिएका नेताहरु तथा परिवारका सदस्यलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया