महिला टी–ट्वान्टी : आज नेदरल्याण्ड्स र थाइल्याण्ड खेल्दै
नेपालखोज
२०८१ माघ १८ गते ७:३०

काठमाडौं । त्रिदेशीय महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत आज नेदरल्याण्ड्स र थाइल्याण्ड खेल्दै छन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज नेदरल्याण्ड्स र थाइल्याण्डबीच प्रतिस्पर्धा हुन लागेको हो । बिहीबार भएको सम्पन्न उद्घाटन खेलमा नेपाल नेरदल्याण्डसँग २० रनले पराजित भएको छ ।
टस जितेर नेदरल्याण्ड्सलाई सुरुमा ब्याटिङको निम्तो दिएको नेपालले पाएको १५८ रनको लक्ष्य भेट्न नसक्दा घरेलु मैदानमा पहिलो खेलमा पराजय भोगेको हो ।
आईसीसीको वरीयतामा नेदरल्याण्ड्स १६औँ र नेपाल २०औँ स्थानमा छ भने थाइल्याण्ड १३औँ स्थानमा छन् । अर्को खेलमा नेपालले शनिबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
सम्बन्धित
प्रतिक्रिया