साताभर २६ अर्ब २९ करोड रुपैंयाँको शेयर कारोबार
२६ सय ६९ बिन्दुमा नेप्से,

काठमाडौं । यो साता सेयर बजार परिसूचक नेप्से २६ सय ६९ दशमलव ७६ बिन्दुमा कायम भएको छ । यसै गरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ४७ दशमलव ९४ बिन्दुमा कायम भएको छ ।
धितोपत्र बजारमा यो साता तीन सय ३१ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार दुई लाख ९७ हजार पाँच सय ४८ पटकको कारोबारमा पाँच करोड १३ लाख ३१ हजार तीन सय ९८ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम २६ अर्ब २९ं करोड ६८ लाख ९५ हजार छ सय ७२ रुपैयाँ पुगेको छ ।
यो कारोबार रकम गत साताको तुलनामा झण्डै आठ अर्ब रुपैंयाँले कम हो । गत साता धितोपत्र बजारमा तीन सय २३ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार तीन लाख ७० हजार सात सय ७० पटकको कारोबारमा सात करोड ६३ लाख २२ हजार दुई सय ४६ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ३५ अर्ब नौं करोड ८१ लाख २६ हजार नौं सय ९३ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुल्ला रहेकोमा सबै दिन ओरालो लागेको थियो ।
दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलोे कारोबार दिन आईतबार नेप्से परिसुचक २१ दशमलव ६३ अंकले ओरालो लागेर २७ सय १४ दशमलव ८५ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ११ अंकले ओरालो लागेर चार सय ५४ दशमलव ९१ बिन्दुमा झरेको थियो ।
दोस्रो कारोबार दिन पनि नेप्से परिसुचक १० दशमलव १४ अंकले ओरालो लागेर २७ सय चार दशमलव ७० बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९५ अंकले ओरालो लागेर चार सय ५३ दशमलव ९५ बिन्दुमा झरेको थियो । तेस्रो कारोबार दिन पनि नेप्से परिसुचक सात दशमलव ६६ अंकले ओरालो लागेर २६ सय ९७ दशमलव शुन्य चार बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य छ अंकले ओरालो लागेर चार सय ५२ दशमलव ८९ बिन्दुमा झरेको थियो ।
चाैंथो कारोबार दिन पनि नेप्से परिसुचक १४ दशमलव ८८ अंकले ओरालो लागेर २६ सय ८२ दशमलव १५ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९६ अंकले ओरालो लागेर चार सय ४९ दशमलव ९२ बिन्दुमा झरेको थियो । पाँचौं कारोबार दिन पनि नेप्से परिसुचक १२ दशमलव ३८ अंकले ओरालो लागेर २६ सय ६९ दशमलव ७६ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९७ अंकले ओरालो लागेर चार सय ४७ दशमलव ९४ बिन्दुमा झरेको थियो ।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा हिमालयन रि इन्स्योरेन्स कम्पनी, नेपाल पुर्नबीमा कम्पनी आदि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा पनि हिमालयन रि इन्स्योरेन्स कम्पनी र नेपाल पुर्नबीमा कम्पनी कै बर्चश्व रहेको छ । बजार पुंजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।
दैनिक सेयर कारोबार तालिका
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता संख्या कारोबार रकम
पहिलो दिन ३१६ ७९०३१ १३९७४४५२ ६८३६६४०४०७.५९
दोस्रो दिन ३३१ ५७५८५ ९९३५८७२ ५४०८३१४०७५.३१
तेस्रो दिन ३१३ ५०८३४ ८२३७९०२ ४३४६६३२२६३.५७
चौंथो दिन ३११ ५४६२२ ९५८३८२९ ५१४३९९७६४३.३६
पाँचौं दिन ३१२ ५५४७६ ९५९९३४३ ४५६१३११२८२.७७
कुल ३३१ २९७५४८ ५१३३१३९८ २६२९६८९५६७२.६
(श्रोत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड)
प्रतिक्रिया