प्रभु बैंक तथा गोरखा गार्डन होटेलबीच विशेष छुट सम्झौता, १५ प्रतिशतम्म छुट हुने

काठमाडौं । प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.६ अर्घले स्थित गोरखा गार्डन होटेल प्रालीबीच कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
बैंक र होटेलबीच व्यवसायिक साझेदारीको लागि वैशाख २ गते एक कार्यक्रमकावीच उक्त सम्झौता भएको हो । वैशाख २ गते एक समारोहका बीच गोरखा गार्डन होटेल प्रालीका तर्फबाट अध्यक्ष सुरेन्द्रे कुवर, र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड÷क्रेडीट कार्ड तथा बैंकको अन्य कुनै विधुतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटेल प्रालीमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
गोरखाको मुटुमा अवस्थित, गोरखा गार्डेन होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ ।
प्रभु बैंक तथा गोरखा गार्डन होटलबीच भएको योे साझेदारीले गोरखाको पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंकका ग्राहकहरु पनि लाभान्वित हुनेछन् ।
प्रतिक्रिया