बुधबार, वैशाख २४, २०८२

विपन्न महिलाको उत्थानका निम्ति नवउद्यम कार्यक्रम

नेपालखोज २०८२ वैशाख २४ गते १०:५३

खोटाङ । विपन्न महिलाको उत्थानका निम्ति केपिलासगढी गाउँपालिकामा ग्रामीण महिला नवउद्यम तथा अनुदान कार्यक्रम सञ्चालन भएको छ । गाउँपालिकाका गरिब र कमजोर आर्थिक अवस्थाका नागकिकको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले जी फाउण्डेशनको सहयोगमा उक्त कार्यक्रम सञ्चालन भएको हो ।

कार्यक्रमअन्तर्गत अनुदानका लागि केपिलासगढी गाउँपालिका र जी फाउण्डेशनबीच सम्झौतासमेत भएको छ । फाउण्डेशनका सूचना अधिकारी अभिनी दीक्षितका अनुसार पहिलो चरणमा ११ महिला र चार पुरुष गरी १५ जना छनोटमा परेका छन् । छनोटमा परेका उद्यमीले कृषि उपज, सागसब्जीखेती र पशुपन्छी उत्पादनलगायत उद्यम गर्नुपर्ने छ ।

फाउण्डेशनले सन् २०२५ सेप्टेम्बरसम्म पालिकालाई प्राविधिक सहयोग गर्ने जनाइएको छ । सार्थ फाउण्डेशनले नयाँ उद्यम दर्ता, कृषि तथा पशुपन्छीपालनका लागि बीउ पुँजी, प्राविधिक सहयोग र परामर्श दिने जानकारी उनले दिए ।

प्रतिक्रिया