शिर्ष फोटोग्राफी बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने

काठमाडौं । बजाज नेपालले ‘ह्वील्स मेमोरी’ फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ । यो प्रतियोगिताले राइडर मात्र नभई नेपालको समृद्ध सांस्कृतिक पाटोलाई पनि सम्मान गरेको छ ।
प्रतियोगितामा नेपालभरिका बजाज राइडरलाई १२ नेपाली महिना प्रतिनिधित्व गर्ने तस्बिर शेयर गर्न आमन्त्रण गरिएको थियो । यो अभियानले उल्लेख्य सहभागितासँगै बजाज र ग्राहकबीचको बलियो सम्बन्धलाई नेपालका विभिन्न स्थान, समय र सन्दर्भ अनुसार अझै आत्मीय रुपमा झल्काउने अवसर प्रदान गरेको छ ।
प्रतियोगितामा ७० भन्दा बढी सहभागीबाट सिर्जनात्मक,कलात्मक र भावनात्मक तस्बिर प्राप्त भएको छ। तीमध्ये बहुपक्षीय मूल्याङ्कन अनुरुप १२ जना विजेता छनोट गरिएको छ । सम्मान स्वरुप यी १२ फोटोग्राफीलाई आगामी बजाज नयाँ वर्ष २०८२ को आधिकारिक क्यालेन्डरमा विशेष स्थान दिइने कम्पनीको योजना छ । प्रत्येक विजेताले रु. १०,००० बराबरको गिफ्ट ह्याम्पर पनि जित्नेछन् । विजेता तस्बिर बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन गरिनेछ, जुन वैशाख १६ देखि २७ गतेसम्म भृकुटीमण्डपमा भइरहेको छ ।
कर्निभलमा ग्राहकका लागि आकर्षक अफर छन् । कुनै पनि बजाज बाइक मात्र नागरिकताकै भरमा शून्य सर्भिस चार्जमै खरिद गर्न सकिन्छ । साथै अन द स्पट फाइनान्स सुविधा, निःशुल्क एसेसोरीज र २० भन्दा बढी विज्ञ मूल्यांकनकर्ताबाट ग्यारेन्टी गरिएको उच्चतम मूल्यांकनको व्यवस्था छ । नयाँ बाइक खरिदकर्ताले बजाज खुसीको मिटर खेल्ने अवसर समेत पाउनेछन्, जसबाट थप आकर्षक पुरस्कारहरु जित्न सकिन्छ ।
हंसराज हुंलासचन्द एन्ड कम्पनीका मार्केटिङ विभाग प्रमुख अमितराज चालिसेले ‘ह्वील्स मेमोरी’ प्रतियोगिता हाम्रो ब्रान्ड र ग्राहकबीचको आत्मीय सम्बन्ध झन् मजबुत बनाउन गरिएको प्रयास हो । प्रत्येक नेपाली महिनालाई सम्मान गर्दै, बाइक प्रेमीको जोश, सृजनशीलता र समर्पणलाई समेट्न पाउँदा हामी निकै उत्साहित छौं। यो अभियानले ग्राहकलाई अझ नजिक ल्याएको छ र हाम्रो यात्रालाई थप अर्थपूर्ण बनाएको” जानकारी गराएका छन् ।
बजाज मोटरसाइकल स्टाइल, प्रफर्मेन्स र बजेटका हिसाबले नेपालमा लामो समयदेखि विश्वासिलो ब्रान्ड बनिरहेको छ । ‘ह्वील्स मेमोराी’ जस्ता अभियानमार्फत बजाजले नेपाली बाइकिंग समुदायसँगको सम्बन्ध अझ बलियो बनाउँदै गएको छ ।
प्रतिक्रिया