लागूऔषध सहित विभिन्न स्थानबाट सातजना पक्राउ

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने ४६ वर्षीय राज तामाङ र सोही उपमहानगरपालिका-१५ बस्ने ३५ वर्षीय प्रबिन पोखरेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङको विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८०० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-१२ बस्ने ३१ वर्षीय अमृत बङ्गालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
पर्साको वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट लागूऔषध गाँजा करिब १ किलोग्राम सहित बारा जीतपुरसिमरा उपमहानगरपालिका-१४ बस्ने २५ वर्षीय अफरोज आलमलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका-६ बर्मेली टोलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३२० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका-१२ सरेणडाँगी बस्ने १९ वर्षीय भुमीराज राई र सोही नगरपालिका-१२ नयाँबस्ती बस्ने २२ वर्षीय इश्वर राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट लागूऔषध गाँजा करिब १० किलोग्राम सहित सहिदभूमि गाउँपालिका-५ खोकु बस्ने ३१ वर्षीय उद्धव राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटा हिलेबाट ईटहरीतर्फ जाँदै गरेको प्र.१–०२–००१ ज ४३२६ नम्बरको माईक्रोलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया