सोमबार, वैशाख २९, २०८२

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०८२ वैशाख २८ गते १७:४७

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को २८औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आईतबार अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा रानीमहल बैकेट, ज्ञानेश्वर, काठमाडौंमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभामा कम्पनीका अध्यक्ष मुलले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. (सलिको) को व्यवसाय लगायतका अन्य कामकारवाहीको बारेमा शेयरधनीहरुलाई बिस्तृत रुपमा जानकारी गराए । कम्पनीले यस आ.व. २०८०/८१ मा ४.७९ अर्ब रूपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ जुन गत आ.व. २०७९/८० वर्षको तुलनामा ४ प्रतिशतले बृद्धि हो । साथै गत आ. व. को तुलनामा खुद ३१ प्रतिशत बढी मुनाफा आर्जन गर्न सफल भएको छ ।

त्यसैगरी, गत आर्थिक वर्षको दाबी भुक्तानी २.३८ अर्ब रूपैयाँको तुलनामा यस आर्थिक वर्षमा २.८३ अर्ब रूपैयाँको दाबी भुक्तानी गरेको छ । आउँदो आर्थिक वर्षहरुमा पनि ग्राहकबर्गलाइ उच्च सेवा तथा प्रतिफल दिने लक्ष्य सहित कम्पनी अगाडी बढेको विश्वास दिलाए ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. को आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण पारित गर्ने, आ.ब. २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश बितरण गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सञ्चालक समितिको बैठक भत्ता बृद्धि लगायत सामाजिक उत्तरदायित्व अन्तर्गत भुक्तानी गरिएको रकम अनुमोदन गर्ने प्रस्तावहरु पारित गर्ने निर्णय गरेको छ । सभामा १७ जना शेयरधनीहरुले आ-आफनो धारणा राखेका थिए ।

प्रतिक्रिया