सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
नेपालखोज
२०८२ जेठ ३ गते ११:४७

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनकाे मूल्य तोलामा ३ हजार रुपैयाँ बढेर १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ । बिहीबार १ हजार ९२५ रुपैयाँ कायम भएको थियाे ।
सम्बन्धित
प्रतिक्रिया