इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ

काठमाडौं । इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दश जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको छ ।
रिहा गरिएका व्यक्तिलाई उपचारका लागि गाजाको केन्द्रमा रहेको देइर अल-बलाहस्थित ‘शहीदका अल अक्सा अस्पताल’ पु¥याइएको स्थानीय प्यालेस्टिनी स्रोतले जनाएका छन् ।
अन्तर्राष्ट्रिय रेडक्रस समितिले एक विज्ञप्ति जारी गर्दै, बन्दीलाई रिहा गर्न र उनीहरूलाई अस्पतालमा स्थानान्तरण गर्न अभियानले सहज बनाएको स्पष्ट पारेको छ । साथै, उक्त प्रक्रिया रिहा भएका व्यक्ति र उनीहरूका परिवारबीच पुनः भेटघाट तथा सम्पर्क कायम गर्न पनि सहयोगी भएको जनाइएको छ ।
इजरायली पक्षले गाजा क्षेत्रमा हजारौं महिला, बालबालिका तथा अन्य नागरिकलाई हिरासतमा लिई तीमध्ये धेरैलाई जबरजस्ती बेपत्ता पारेको आरोप लागेको छ । यसै क्रममा करिब ६० जना प्यालेस्टिनी इजरायली हिरासतमा यातनाका कारण ज्यान गुमाइसकेको बताइएको छ ।
प्रतिक्रिया