आइतबार, जेठ ५, २०८२

३५१९ मिटर उचाईमा सार्वजनिक भयो ‘म्याक्सस इ–टेरोन ९’

नेपालखोज २०८२ जेठ ५ गते २१:११

काठमाडौं । नेपालमै पहिलो पटक उच्च भू–भागमा लक्जरी इलेक्ट्रिक फोरह्विल ‘म्याक्सस इ–टेरोन ९ पिकअप’ सार्वजनिक भएको छ । पिकअप सार्वजनिकसँगै ‘एअर सस्पेन्सन’को सफल प्रदर्शन पनि गरिएको छ ।

यसबाट नेपालको विद्युतीय सवारी साधन यात्रामा नविनतम आयाम थप भएको छ । नेपालको अटोमोबाइल बजारमा अग्रणी पहिचान बनाउन सफल हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रा.लि.ले नेपालमै पहिलो पटक हिमालको काखमा पिकअप सार्वजनिक गरेको छ ।

‘म्याक्सस इ–टेरोन ९ पिकअप’लाई काठमाडौंदेखि मनाङसम्मको यात्रासहित मनाङमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको छ । ३,५१९ मिटर (११,५४५ फिट) उचाइमा अवस्थित मनाङ जिल्लामा आयोजित कार्यक्रमले नेपालको जस्तोसुकै विकट भौगोलिक संरचनामा पनि यो विद्युतीय सवारीसाधन उपयुक्त छ भन्ने कुरा प्रमाणित गरेको छ ।

नेपालको इतिहास मै पहिलो पटक यस्तो उचाइमा लक्जरी इलेक्ट्रिक पिकअपको आधिकारिक रुपमा सार्वजनिक भएको हो । एग्रेसिभ लुक भएको यो पिकअप नेपालमा आयात हुने कुनै पनि अन्य पिकअप भन्दा हरेक कुरामा अब्बल रहेको छ भनेर कम्पनीको दाबी छ ।

किन मनाङमा गरियो सार्वजनिक ?

हिमालय मोट्रक्सले म्याक्सस इ–टेरोन ९ को लन्चिङका लागि मनाङ छानेको हो । मनाङमा म्याक्सस पिकअप सार्वजनिक गर्ने निर्णय केवल एक स्थल चयन मात्र नभई विद्युतीय सवारीका क्षेत्रमा भएको नविनतम आयामको प्रदर्शनका लागि यो एक सन्देश पनि हो ।

कठोर हिमाली भूभाग, चट्टानी बाटो र उच्च उचाइका कारण मनाङ नेपालकै चुनौतीपूर्ण अफरोड क्षेत्रमध्ये एक हो । यस्तो स्थानमा सफल परीक्षण र प्रदर्शन गरेर, कम्पनीले यो विद्युतीय पिकअपको डुअल मोटर फोरह्विल प्रणाली, एडप्टिभ एअर सस्पेन्सन र सम्पूर्ण भू–भागमा सहज संचालन क्षमताको प्रमाण प्रस्तुत गरेको छ ।

प्रतिक्रिया