अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौं । नवलपरासी पश्चिमको सुनवल नगरपालिका–५ बनकट्टीबाट नियन्त्रित लागूऔषध स्पास्मो ९६ ट्याब्लेट र नाईट्राभेट ५७ ट्याब्लेट सहित सोही नगरपालिका–९ मुस्लिम टोल डेरा गरी बस्ने रूपन्देही रोहिणी गाउँपालिका–२ घर भएका ४३ वर्षीय राजु मुसलमानलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ लट्टिनाथबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित २ जनालाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश लामा र २५ वर्षीय अमित मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देहीको मायादेवी गाउँपालिका–३ हरहरवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय ३० मिलिग्राम सहित सोही गाउँपालिका–४ सेमरी बस्ने कैलाली बर्दगोरिया गाउँपालिका–६ घर भएका २३ वर्षीय प्रेम रावतलाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले लु.७७ प ६३२६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
झापाको दमक नगरपालिका–९ चिया बगानको नौ घरे टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८८ मिलिग्राम सहित ४ जनालाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय भगवान किन्डो उराउ, २४ वर्षीय अजय राई, सोही नगरपालिका–९ सूर्योदय टोल बस्ने २३ वर्षीय रोहित गौतम र सोही नगरपालिका–९ माछा खाडी बस्ने ३१ वर्षीय राजु सुनुवार रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले भगवानको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी चारै जनालाई पक्राउ गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीय मनोज पौडेललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोईली बस्ने ३५ वर्षीय कमल घिमिरे समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय ३० मिलिग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले कमलको घरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।
यसैगरी सुर्खेतको भेरीगंगा नगरपालिका–१० छिन्चु तालबारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित दाङ राप्ती गाउँपालिका–७ बस्ने २३ वर्षीय अविशेष चौधरीलाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–७ जोख्खर ताल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय ८० मिलिग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय लाला चौधरी र ३४ वर्षीय राजु चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उदयपुरको त्रियुगा नगरपालिका–३ चाप बस्ने ६८ वर्षीय लकु चौधरी र उनकै छोरा ३२ वर्षीय मनोज चौधरीलाई अवैध लागूऔषध गाँजा करिब १ किलो ३ सय ग्राम र नगद ६६ हजार रूपैयाँ सहित सोमबार दिउसो प्रहरीले पक्राउ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले लकुको घर तलासी गर्दा उक्त गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया