सोमबार, जेठ २०, २०८२

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

नेपालखोज २०८२ जेठ १९ गते १५:१९

काठमाडौं । दैनिक प्रदर्शन गरिरहेका राजसंस्था पक्षधरहरूको आन्दोलनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।

प्रदर्शनकारीको जुलुस बालुवाटारतर्फ जान लागेका बेला प्रहरीले अध्यक्ष थापालाई नारायणचौरबाट पक्राउ गरेको छ ।

प्रदर्शनका क्रममा राजाको पक्षमा र सरकारको विरोधमा नाराबाजी गरिएको थियो ।

प्रतिक्रिया