विश्वको आर्थिक वृद्धि दर सन् २०२५ र २०२६ मा घट्ने : ओईसीडी
नेपालखोज
२०८२ जेठ २१ गते १९:०६

पेरिस । आर्थिक सहकार्य तथा विकास संगठन (ओईसीडी)ले मङ्गलबार सार्वजनिक गरेको पछिल्लो आर्थिक प्रतिवेदनअनुसार सन् २०२४ मा अनुमान गरिएको ३.३ प्रतिशतको विश्व आर्थिक वृद्धि दर आगामी वर्षहरूमा घट्दै सन् २०२५ र २०२६ मा २.९ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ ।
प्रतिवेदनमा उल्लेख गरिएअनुसार, सन् २०२५ मे महिनासम्म कायम रहेका भन्सार शुल्कका दरहरू यथावत् रहने प्राविधिक मान्यताको आधारमा यस पटकको प्रक्षेपण गरिएको हो, यद्यपि केही कानुनी विवादहरू अझै जारी छन् ।
ओईसीडीले यदि हाल देखिएका प्रवृत्तिहरूमा अन्तर्राष्ट्रिय व्यापारमा देखिएको असहजता, कर्जा तथा लगानीको पहुँचमा कडाइ, उद्योग तथा उपभोक्ताको भरोसा कमजोर हुँदै जानु र नीतिगत अनिश्चितता—निरन्तरता पाएमा विश्वको आर्थिक सम्भावनामा गम्भीर असर पर्ने चेतावनीसमेत दिएको छ । -रासस/सिन्ह्वा
सम्बन्धित
प्रतिक्रिया