पाटन दरबार क्षेत्रमा श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रुपमा प्रदर्शन
नेपालखोज
२०८२ जेठ २९ गते १३:१०

काठमाडाैं । ललितपुरको मंगलबजारस्थीत पाटन दरबार क्षेत्रमा श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रुपमा प्रदर्शन गरिएको छ ।
नेवार परम्परा अनुसार वर्षको सबैभन्दा लामो दिन बुधबार ज्येष्ठ शुक्ल पूर्णिमा (ज्यापुन्हि)का अवसरमा मल्ल राजा श्रीनिवास मल्लको सिंहासन प्रदर्शनमा राखिएको हो । हरेक वर्षको जेष्ठ शुक्ल पूर्णिमा अर्थात् ज्या: पूह्नीका दिन मङ्गलबजारमा श्रीनिवास मल्लको सिंहासन प्रदर्शन गर्ने गरिएको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए ।
यस दिन दरबार क्षेत्रमा मल्ल राजा सिद्धिनरसिंह मल्लको पौभाः र उनका छोरा श्रीनिवास मल्लको सिंहासन प्रदर्शन गर्ने परम्परा लामो समयदेखि रहदै आएको उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया