बिहीबार, जेठ ३०, २०८२

काठमाडौं महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरूद्ध मुद्दा

नेपालखोज २०८२ जेठ २९ गते १६:२९

काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरूद्ध मुद्दा दायर भएकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

परियार हाल सूचना तथा प्रशारण विभागको महानिर्देशक छन् ।

प्रतिक्रिया