स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो देखिए छ : सभामुख घिमिरे

नेपालखोज २०८२ असार १५ गते १५:१८

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो देखिएको बताएका छन् ।

आइतबार काठमाडौंमा महालेखकपरीक्षक कार्यालयको ६७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न सबैपक्ष कार्य सम्पादनमा सन्तुलन हुनुपर्ने देखिएको भन्दै स्थानीय तहका लागि आर्थिक कार्यविधि कानुनको खाँचो देखिएको बताए ।

सभामुख घिमिरेले बेरुजु फछ्र्यौट गर्न तथा जवाफदेहिता प्रवद्र्धन गर्न लेखासमितिको भूमिका रहनेमा हाल सम्म पनि कतिपय स्थानीय तहमा लेखा समिति गठन नभएको अवस्था रहको बताए । जसका कारण सार्वजनिक वित्तीय व्यवस्थामा नै समस्याहरु देखिएको उनले बताए ।

प्रतिक्रिया