ट्याक्टर दुर्घटनामा १५ घाइते, एकको अवस्था गम्भीर
नेपालखोज
२०८२ साउन २ गते १८:५३

हुम्ला । यहाँको सिमकोट गाउँपालिका-१ बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये १३ सामान्य, एक मध्यम र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहारी कार्यालयले जनाएको छ ।
सोही वडाको दोजामबाट सदरमुकाम सिमकोटतर्फ आउँदै गरेको क ०२००१ त ०३५३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताए ।
घाइतेहरुको प्रहरी र स्थानीयले उद्धार गरिरहेको जनाइएको छ । घाइतेहरुको पहिचान खुल्न केही समय लाग्ने प्रहरीको भनाइ छ ।
सम्बन्धित

प्रतिक्रिया