बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
नेपालखोज
२०८२ साउन ३ गते १७:५६

काठमाडौं । बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरी पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका-४ सुकेधारा बस्ने इलाम सन्दकपुर गाउँपालिका-२ माईमाजुवा घर भएकी ५० वर्षीया तेजुमाया गुरूङलाई प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको विसं २०७९ साउन १७ गतेको फैसलाले उक्त मुद्दामा तीन लाख ५० हजार जरिवाना, तीन दिन कैद र क्षतिपूर्तीवापत १६ हजार रुपैयाँ पीडित राहत कोषमा बुझाउनुपर्ने सजाय ठहर भएपछि गुरूङ फरार रहेकी थिइन् ।
निजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं सुकेधाराबाट शुक्रबार पक्राउ गरेको हो ।
सम्बन्धित

प्रतिक्रिया