शुक्रबार, पुष ४, २०८२

कचनकवलमा करेन्ट लागेर एकजनाको मृत्यु

नेपालखोज २०८२ साउन १३ गते ११:२१

भद्रपुर (झापा) । यहाँको कचनकवल गाउँपालिका– ७ स्थित सीतागढी टोलमा सिँचाइको मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर गए राती एक जनाको मृत्यु भएको छ ।

करेन्ट लाग्दा ५० बर्षीय अरुण राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया