नाडा अटोशो २०२५ मा फोटोन र सोकोन ईभीका आकर्षक अफरहरु

काठमाडौं । यसपालिको नाडा अटो शो २०२५ अटोप्रेमीहरूका लागि निकै रोमाञ्चक हुने भएको छ। फोटोन टुनल्यान्ड, माउन्टेन ईभीभ्यान, टिएम १ र सोकोन ईभी भ्यानहरूले ६ दिन सम्म चल्ने यस कार्यक्रमका लागि विभिन्न अफर, विशेष छुट र भ्यालु प्याकेजहरू घोषणा गरेका छन् ।
यी फोटोन मोडेलहरूले आकर्षक प्राइस इन्सेन्टिभ, गुणस्तरीय उपहार र सर्भिस सहित गाडी किन्ने प्रक्रियालाई पहिले भन्दा अझै किफायती बनाउने भएका छन् ।
चारै मोडेलहरूमा आकर्षक छुट दिइएको छ, जसमा केही विशेष मूल्यहरू भने केवल प्रदर्शनी मै सार्वजनिक हुनेछन् । टिएम १ को मूल्य रु. ३३,७४,०००बाट घटाएर रु. २६,९९,००० गरिएको छ । त्यस्तै, माउन्टेन ईभी र सोकोनईभी भ्यानले पनि विशेष छुट र अफरहरू ल्याएका छन्। फोटोन टुनल्यान्ड पिकअपले चाहिँ बलियो छुटको घोषणा यात अगाडि नै गर्नेछ, या रोमान्चकता बढाउनका लागि स्टलमा गर्नेछ ।
नाडामा फोटोन माउन्टेन ईभी, फोटोन टिएम १ वा सोकोनईभी भ्यान बुक गर्ने ग्राहकलाई बुकिङ ग्याजेट, १ वर्षको फुल इन्स्योरेन्सका साथमा अटोप्लस, र क्यासलेस इन्स्योरेन्सग्यारेन्टीका साथ प्राप्त हुनेछ।
साथै, खरिदप्रक्रियालाई सरल बनाउन तीनै मोडेलमा सजिलै उपलब्ध हुने फाइनान्स सुविधा पनि रहनेछ, जसलेगर्दा ग्राहकले ढिला नगरी आफ्नो मनपर्ने गाडीलिन सक्ने छन् । यी संयुक्त अफरहरू बाहेक, हरेक ब्रान्डले आफ्नै थप आकर्षक अफरहरू पनि दिएका छन् ।
फोटोनटुन ल्यान्डपिक अप किन्नेलाई ट्राङक्विलिटीस्पा एक्सपिरियन्स वा भाटभटेनीको रु. २५,००० को शपिंग कुपन, साथै ३ वर्ष सम्म पाट्र्स सहितको प्रिभेन्टिभमेनटेनेन्स सर्भिस सेवा र ड्राइभर परिवारको स्वास्थ्य बीमा उपलब्ध हुनेछ ।
माउन्टेनईभी भ्यानमा छुट सहित हरेक खरिदमा ५५ इन्च स्मार्ट टिभी, पाट्र्ससहित ५ पटकसम्म निःशुल्क सर्भिसिङ र एक सेट फ्रन्ट ब्रेक सुज उपलब्ध हुनेछ ।
सोकोन ईभीभ्यान ले पनि हरेक खरिदमा आकर्षक छुट सँगै ५५ इन्च स्मार्ट टिभी प्रदान गर्नेछ । यी उपहारहरू, विस्तारित सर्भिस प्याकेज, इन्स्योरेन्स र सजिलो फाइनान्स सुविधाले गाडीमात्र नभई सम्पूर्ण गाडी खरिद अनुभवलाई








प्रतिक्रिया