‘आधारभूत तहका प्रहरी १६ वर्षमै अवकास हुने व्यवस्था गर्दैछौँ’
नेपालखोज
२०८२ भदौ ५ गते ११:४५

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले आधारभूत दर्जाका प्रहरीले १६ वर्षमै सेवा अवकास हुने गरि कानुन निर्माण गर्न लागिएको बताएका छन् ।
नेपाल प्रहरी श्रीमती संघको ४१औँ वार्षिकोत्सव समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी कानुन यथाशिघ्र जारी गरिने प्रतिवद्धता व्यक्त गरे ।
‘प्रहरी सम्बन्धी कानुनको नयाँ मस्यौदामा आधारभूत दर्जाका प्रहरीको २० वर्षमा निवृत्ति हुने व्यवस्थालाई अब चार वर्ष घटाएर १६ वर्षमा झारिने छ,’ उनले भने ।
उनले आधारभूत तहका प्रहरीले १६ वर्षमम्म उभिएर न्यूनतम ८ देखि अधिकतम १४ घण्टासम्म दैनिक ड्युटी गर्ने भएकाले उनीहरूलाई १६ वर्षमै सेवा निवृत्त हुने व्यवस्था गर्न लागिएको जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया